RUMPUM
animated ellipse animated ellipse

मेरिल्याण्डलाई शिक्षा सेवाबाट सम्मानित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० फाल्गुन २०७८, सोमबार १७:१०
153
Shares
विराटनगर / विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजलाई शिक्षा सेवा सम्मान २०७८ बाट सम्मानित भएको छ ।

फोकस नेपाल संस्थाद्वारा काठमाडौंमा एक भव्य कार्यक्रमबीच मेरिल्याण्ड कलेजलाई सम्मान गरिएको हो ।

सम्मानित भएको कलेजलाई कलेजका प्रिन्सिपल लक्ष्मण ढकाललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

मेरिल्याण्ड १९ वर्षदेखि प्र्रत्येक वर्ष विभिन्न सघं संस्थाद्वारा सम्मानित हुँदै आएको छ । व्यवस्थापन शिक्षामा आफूलाई अब्बल सावित गर्न सफल मेरिल्याण्ड कलेज देश भरिकै कलेजहरुमध्ये प्रत्येक वर्ष टप–टेनमा पर्न सफल हुँदै आएको छ । हालसालै बिबिएस तेस्रो वर्षको परीक्षामा मेरिल्याण्डकी छात्रा सिम्रन अग्रवाल सर्वाधिक ८२.२ प्रतिशत अंक प्राप्त गरी नेपाल प्रथम भएकी थिइन् । त्यस्तै २०७६ सालमा रोहित कार्कीले बिबिएस चौथो बर्षमा ८४.३ प्रतिशत अंक ल्याई नेपाल प्रथम भएका थिए । त्यस्तै २०६७ सालमा त्रि.वि. टप गरी किन्जल पोखरेलले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराइबाट गोल्ड मेडल प्राप्त गरेका थिए ।

मेरिल्याण्डको यो सफलतामा विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकहरुको ठूलो योगदान रहेको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर