animated ellipse animated ellipse

भगवती विद्या मन्दिरले मनायो बार्षिक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ बैशाख २०८१, आईतवार १७:१४
90
Shares
विराटनगर / विराटनगर – १४ मा रहेको भगवती विद्या मन्दिर १८ औं बार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।

स्कुल परिसरमा आज एक कार्यक्रम आयोजना गरी बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो ।

कार्यक्रममा विद्यार्थीले मार्च पास, नृत्य , गायन प्रस्तुत गरि थप रमाइलो गरे । सोहि अवसरमा एसईई परीक्षा दिएका १३ औं ब्याजका २२ जना विद्यार्थीलाई स्कुलले बिदाइ गरेको छ । कार्यक्रममा विराटनगर १४ का वडाअध्यक्ष सुर्यनारायण महतोले विद्यार्थीलाई गुणस्तरीय शिक्षासंगै सिपमुलक शिक्षा दिएर अगाडि बढनुपर्नेमा जोड दिए ।

स्कुलले उत्कृष्ट विद्यार्थी, नियमित आउने विद्यार्थी, अनुशासन, सरसफाइ भएर विद्यालय आउने विद्यार्थीहरुलाई पनि सम्मान गरेको छ । स्कुल प्रथम हुने छात्र र छात्रालाई पूर्ण छात्रवृत्ति दिने स्कुलले घोषणा गरेको छ । यसैगरी स्कूलमा प्रथम हुनेलाइ ५० प्रतिशत, द्वितीयलाई २५ प्रतिशत र तृतीय हुने विद्यार्थीलाइ १० प्रतिशत छात्रवृत्ति दिने स्कुलले जनाएको छ ।

कार्यक्रममा बोल्दै स्कुलका संस्थापक प्रिन्सिपल धनबहादुर (डिबी) राईले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदानमा कुनै पनि कसुर बाकी नराखेको बताए । विद्यार्थीहरुलाई सीपसहित रोजगारमुखी शिक्षा दिएर अगाडी बढेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर