खबर पूर्वाञ्चल
मुख्यमन्त्री शेरधन राईलाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष रवि केसीले मुख्यमन्त्रीको कार्यालयमा एक करोडको चेक हस्तान्तरण गरे । सो अवसरमा मुख्यमन्त्री राईले प्रदेशका जनताको स्वास्थ्य सुरक्षाप्रति सरकार सचेत रहेकोले सङक्रमितहरुको समुचित उपचारको व्यवस्था गरिएको विचार व्यक्त गरे । उने सहयोगका लागि धन्यवाद दिदै जनताको स्वास्थ्य पहिलो प्राथमिकता रहेको र कोभिड–१९ टेष्टलाई प्राथमिकता दिदै सीमा सुरक्षा व्यवस्थित गरिएको कारण प्रदेशमा सङ्क्रमित सङ्ख्या कमी आएको जानकारी दिए ।
सूर्य नेपाल प्रालिका उपाध्यक्ष केसीले व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग प्रदान गरिएको बताउदै आगामी दिन आवश्यक्ता अनुसार थप सहयोग गर्ने विचार व्यक्त गरे ।
सूर्य नेपालले बाराको सिमरा, तनहुको सेराटार र मोरङको विराटनगरस्थित उद्योगहरुबाट विश्वस्तरीय गुणस्तरीय उत्पादनहरु नेपाली उपभोक्ताहरुलाई उपलव्ध गराउदै आएको छ।(