सुनसरी / सुनसरीको धरान उप महानगरपालिकाका विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ७ जना पक्राउ परेका छन् ।
लागुऔषध ब्राउनसुगर र ट्याब्लेटको ओसार पसार तथा बिक्री बितरण भईरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान ३ का ३० वर्षीय विनय तामाङ, २५ वर्षीय उत्सव श्रेष्ठ र ३० वर्षीय उमेश श्रेष्ठलाई ५ ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो । यसैगरी धरान १३ का २६ वर्षीय ओमप्रकाश कार्की १ ग्राम ६ सय मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् ।
कार्की धरान ७ बाट पक्राउ परेका हुन् । यस्तै धरान १५ का ४० वर्षीय कृष्ण थापामगर १ ग्राम ८ सय मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । यसैगरी धरान ८ का ४५ वर्षीय यज्ञबहादुर खड्का र आकाश श्रेष्ठ लागुऔषध ट्याब्लेटसहित पक्राउ परेका छन् । आफ्नै घरकोठाबाट लागुऔषधको कारोवार भईरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले १ सय एमएल को डाईलक्स् डिसी ४ बोतल, नाइट्रोसन १६५ ट्याब्लेट र स्पामोप्रोक्सीभोन ७२ क्याप्सुल सहित पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया