AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एमालेको सरकार ढालेर मन्त्री बनेकाहरूले आगामी निर्वाचनमा जमानत जोगाउन नसक्ने अध्यक्ष ओलीको दावी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ कार्तिक २०७८, सोमबार १८:१२
909
Shares
विराटनगर / एमालेको सरकार ढालेर मन्त्री बनेकाहरूले आगामी निर्वाचनमा जमानत जोगाउन नसक्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

विराटनगरमा आज एमाले मोरङले आयोजना गरेको चाडपर्व लक्षित शुभकामना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

आफ्नै पार्टी र गठबन्धनको सरकार ढालेर संघीय सरकार र प्रदेशमा मन्त्री बनेकाहरूको जमानत जोगाउन नसक्ने बताए ।

‘एमाले सरकार ढालेर खुशी भएका छन् । भर्खरै पनि १ नम्बर प्रदेशको सरकार ढालेका छन् । सिट धेरै भएर होइन, जनमत धेरै आएर पनि होइन, अहिले एमालेको सिटसंख्याको आधा सिट पनि कुनै दलको छैन,’ अध्यक्ष ओलीले भने, ‘एमाले छोडेर मन्त्री भएकाहरुले फेरि आउँदो चुनावमा जमानत जोगाएर देखाउन त ।’

झण्डै एक घण्टा बोलेका अध्यक्ष ओलीले शेरबहादुर देउवाले दुनामा माग्दा अदालतले टपरीमा दिएको समेत बताए । उनले सेटिङमा अदालतको फैसला आएको देखिएको बताए ।
राष्ट्रपतिको अधिकार खोसेर सर्वाेच्चले प्रयोग गरेको उनको गुनासो छ । अध्यक्ष ओलीले भने, ‘अदालतको काम संविधानको व्याख्या गर्ने हो संशोधन गर्ने होइन । अदालतले संविधानभन्दा बाहिर फैसला गर्याे ।’

प्रत्यक्षमा ८० सिट ल्याउनेले नेतृत्व नपाउने र २३ सिट पाउनेले सोझै पाउने के आधार भन्दै उनले प्रश्न गरे ।

उनले सिके राउत र विप्लवसँग वार्ता गरेर आफ्नो सरकारले मुलुकभित्रको हिंसालाई अन्त्य गरेको दाबी समेत गरे । साथै भविष्यमा एमालेले कसैसँग पार्टी एकता नगर्ने, बरु बाटो विराएकाहरूलाई पार्टीमा ल्याएर सहि बाटोमा हिँडाउने बताए ।

ओली अधिकांश समय अदालतको विवाद, वर्तमान सरकार, गठबन्धन दलहरु तथा माओवादी अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालमाथिको आलोचनामै केन्द्रीत भएका थिए । उनले बिग्रीएकाहरुले पार्टी छोडेर गएको बताए । ‘माधव नेपाल गए केही फरक परेको छ ? छैन,’ प्रश्न र जवाफ दिँदै ओलीले भने, ‘पार्टीमा बिग्रिएकाहरु गए, त्यसले केही फरक पार्दैन ।’

वर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्ने भन्दै चिठी लेखेको भन्ने र प्रचण्डले पत्र पठाएको त हो पास गर्ने भनेर होइन भनेर भनेको भन्दै गठबन्धन सरकारको कुनै उद्देश्य नरहेको दाबी गरे । आफूले चाहने हो भने एक हप्तामै सरकार ढाल्ने दाबी गर्दै ओलीले आगामी १३ महिनामा निर्वाचन हुने भएको कारण त्यता तर्फ आफू नलाग्ने बताए ।

एमालेको चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रममा मोरङका एमाले कार्यकर्ताको उल्लेख्य सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर