AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अर्जेन्टिनाका गोलकिपर मार्टिनेज नायक बनेपछि अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ असार २०७८, बुधबार १०:०१
1.19k
Shares
विराटनगर / अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेज पेनाल्टी सुटआउटमा नायक बनेपछि अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

गोलरक्षक मार्टिनेजले कोलम्बिया खेलाडिको तीनवटा पेनाल्टी रोकेपछि कोलम्बियालाई पराजित गर्दै अर्नेन्टिनाले कोपा अमेरिकाको फाइनलमा पुगेको हो ।

 

अर्नेन्टिनाले उपाधिका लागि आइतबार ब्राजिलसँग प्रतिस्पर्धा गर्ने छ । यसअघि मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा पेरु १–० को गोल अन्तरले पराजित गर्दै ब्राजिल फाइनलमा पुगिसकेको छ ।

आज विहाज ब्रासिलियामा सम्पन्न खेलमा निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि नतिजाको छिनोफानो पेनाल््टी सुटआउटबाट भएको हो । पेनाल्टीमा कोलम्बियाको तीन प्रहार अर्नेन्टिना गोलरक्षक मार्टिनेजले रोकेका थिए ।

पेनाल्टी सुटआउटमा कोलम्बियाका जुहान क्वार्डाडो र अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले आआफ्नो टोलीबाट पहिलो प्रहार गरेका थिए । दुवैले गोल गरे ।

दोस्रो प्रहारमा दुवै टोलीका खेलाडीले गोल गर्न सकेनन् । अर्जेन्टिनाका रोड्रिगो डी पाउल र कोलम्बियाका ड्याभिन्सन सान्चेसको प्रहार विपक्षी गोलरक्षकले रोकिदिए ।

त्यसपछि अर्जेन्टिनाका लिन्द्रो पारेडेस र लौटारो मार्टिनेजले गोल गर्दा कोलम्बियाका यारी मिना र इडविन कार्डोनाको प्रहार मार्टिनेजले रोकिदिए । अर्जेन्टिना ३–२ गोलले विजयी रह्यो ।

यसअघि खेलको सातौं मिनेटमै लिओनल मेस्सीको पासमा लाउटारो मार्टनिजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर ६२ औं मिनेटमा कोलम्बियाका लुइस डियाजले एडविन कार्डाेनाको पासमा बराबरी गोल फर्काएका थिए ।

निर्धारित ९० मिनेट बराबरी भएपछि खेल सिधै पेनाल््टी सुटआउटमा पुग्यो । जहाँ अर्जेन्टिनाका लागि चार खेलाडीले पेनाल्टी प्रहार गर्दा ३ खेलाडीले गोल गरे । कोलम्बियाले पाँच पेनाल्टी प्रहार गर्दा दुई प्रहार मात्र गोल भयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर