विराटनगरसित भगिनी सम्बन्ध स्थापना गर्न राजदूत पोलित्त सकारात्मक

खबर पूर्वाञ्चल, १४ भाद्र २०७९, मंगलवार १८:२७
891
Shares
विराटनगर / नेपालका लागि बेलायती राजदूत निकोला पोलित्तले बेलायतको उपयुक्त सहरसँग विराटनगरको भगिनी सम्बन्ध स्थापना गर्ने प्रतिबद्धता जनाएकी छन् ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसँगको छलफलपछि राजदूत पोलित्तले विराटनगर ऐतिहासिक सहर भएकाले बेलायतको पनि उपयुक्त सहर छनौट गरेर भनिगी सम्बन्ध स्थापना गर्ने बताइन् ।

राजदूत पोलित्त र राजदूतवासका मिसन उपप्रमुख डा. लुक ब्युमन्टलाई स्वागत गर्दै मेयर कोइरालाले नेपाल र बेलायत बीचको दैत्य सम्बन्ध ऐतिहासिक रहेको चर्चा गरे । दुई मुलुकबीच दैत्य सम्बन्ध स्थापना भएको दुई सय वर्षभन्दा बढी भएको बताउँदै मेयर कोइरालाले भने, “विराटनगर औद्योगिक र राजनैतिक इतिहास बोकेको धेरै पुरानो सहर हो, बेलायतमा पनि यस्तै ऐतिहासिक सहर थुप्रै छन्, ती सहर र विराटनगरबीच भगिनी सम्बन्ध स्थापना होस् भन्ने हाम्रो चाहना छ ।”

मेयर कोइरालाले राखेको प्रस्तावमा राजदूत पोलित्तले आफू सकारात्मक भएको प्रतिक्रिया दिइन् । कोइरालाले राजदूतावास र महानगरबीचको सम्बन्ध प्रगाढ बनाउन आवश्यक सहकार्य र समन्वय गर्न महानगरले सम्पर्क अधिकृत रत्नाकर झालाई तोकेको जानकारी दिँदै दूतावासबाट पनि कसैलाई सम्पर्क व्यक्ति तोकिदिन आग्रह गरे ।

उपमेयर शिल्पा निराला कार्कीले महानगरले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् । उनले महानगरले पछिल्लो समय गरिरहेका कामका विषयमा राजदूतलाई जानकारी गराएकी थिइन् । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) बारेमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५