animated ellipse animated ellipse

जनचेतनाले लागूऔषध प्रयोगकर्तामा एचआइभि संक्रमण घटदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ मंसिर २०८१, बिहीबार १९:०१
81
Shares
विराटनगर / लागूऔषध प्रयोगकर्ताहरूमा एचआइभि संक्रमणको खंख्या घटदै गएको पाइएको छ ।

रिकभरी नेपाल कोशी प्रदेशले गरेको सर्वेक्षण अनुसार पछिल्लो समयमा लागूऔषध प्रयोगकर्ताहरुमा एचआइभि संक्रमणको संख्या घटेको पाइएको हो ।

सन् २००४ मा गरेको सर्वेक्षणमा एक सय जना लागूऔषध प्रयोगकर्ताहरुमा गरेको सर्वेक्षणमा ५० जना प्रयोगकर्ताहरुमा एचआइभी संक्रमण देखिएको रिकभरी नेपाल कोशी प्रदेशका उपाध्यक्ष सञ्जीव चापागाईंले बताए । पछिल्लो समयमा गरेको सर्वेक्षणमा एक सय जना प्रयोगकर्ताहरुमा दुई जनामा मात्रै एचआइभी संक्रमण देखिएको उनले बताए ।

सचेतना मुलक कार्यक्रम र जनचेतनाको कारणले गर्दा लागूऔषध प्रयोगकर्ताहरुमा एचआइभी संक्रमणको दर घटदै गएको उनले बताए । ‘यो सकात्मक पाटो हो,’ उनले भने, ‘सचेतनाको माध्यमक्रमण एचआइभी संक्रमण दर घटाएर लैजानुपर्दछ । त्यसको लागि राज्यले साथ सहयोग गर्न जरुरी रहेको छ ।’

रिकभरी नेपालका अनुसार लागूऔषध प्रयोगकर्ताहरुको संख्या भने दिनप्रतिदिन बढदै गएको बताएको छ । सन् २०१३ मा ९१ हजार ५३४ रहेको प्रयोगकर्ताहरु २०२० मा गरिएको सर्वेक्षणले यो खंख्या बढेर एक लाख ३० हजार ४२४ पुगेको छ । तीमध्ये महिलाको संख्या ८ हजार ७३२ छ । हालसम्म नयाँ तथ्याङ्क सार्वजनिक नभए पनि लागूऔषध प्रयोगकर्ताको सङ्ख्या अझै बढिरहेको उपाध्यक्ष चापागाईंले बताए । उनका अनुसार ७५ प्रतिशत लागूऔषध प्रयोगकर्ता २५ देखि २९ उमेर समूहका युवा र युवती छन् ।

लागूऔषधको समस्यालाई रोकथाम गर्न प्रदेश र स्थानीय सरकारले कुनै ठोस कदम नचालेकोमा चापागाईंले गुनासो गरे । उनले यसको न्यूनीकरणका लागि तीनै तहका सरकारले सहकार्य गरेर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा रिकभरी नेपालका फोकल पर्सन निस्मा नेपालले लागूऔषध नियन्त्रण र व्यवस्थापनका लागि कानुनी र नीतिगत परिवर्तनको आवश्यकता रहेको बताइन् । लागूऔषध प्रयोगकर्ताका लागि पुनःस्थापना र व्यवस्थापनका कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्नेमा उनले बताइन् ।

कार्यक्रममा बोल्दै परिवर्तन शिल समाजकी अध्यक्ष मुस्कान श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले राज्यले बनाएको विभेदकारी नीति निर्माण खारेज गरि यौनिक तथा अल्पसंख्यक मैत्री नीति निर्माण गरिनुपर्नेमा जोड दिइन् । मोरङमा १२ हजार बढी यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरु रहेको जानकारी गराउँदै उनले उनीहरुको हकहितमा पनि राज्यले ध्यान दिनुपर्ने बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर