खबर पूर्वाञ्चल
मन्टुबाट १७ जना पीडित भएकोले सरकारी वकिलको कार्यालयले ठगी र अपराधिक लाभ लिएको मुद्दामा १७ थान छुट्टा छुट्टै मुद्दा दर्ता गर्ने भएको हो । मंगलबार ८ वटा मुद्दा दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालय मोरङले जनाएको छ । सहायक जिल्ला न्यायीधवक्ता मुकुन्दप्रसाद रेग्मीका अनुसार वारदत र मन्टुबाट पीडित भएका छुटा छुट्टै भएकोले ठगी र अपराधिक लाभ लिएको मुद्दमा १७ थान मुद्दा दर्ता हुने जानकारी दिए ।
मन्टु विरुद्ध बाँकी रहेको ९ थान मुद्दा आज दर्ता गर्ने सरकारी वकिलको कार्यालयले जनाएको छ । सोमबार र बुधबार दर्ता भएको मुद्दामा प्रतिवादी मन्टुको मोरङ अदालतको ५ नम्बर इजालशमा बयान सुरु भएको छ । प्रतिवादी मन्टुको बयान पूरा नभएकोले बुधबार पुन संचालन हुने मोरङ अदालतले जनाएको छ ।