खबर पूर्वाञ्चल
मोटरसाइकल चोरी मुद्दामा पक्राउ परेका सुनसरी बुर्ज गाउँपालिका २ का २८ वर्षिय शिवनाथ कामत अस्पतालको शौचालयदेखि सोमबार फरार भएका थिए । थुनुवा कामत फरार भएपछि प्रहरीले उनको खोजी कार्य तिव्र बनाएको थियो । फरार भएको एक दिनपछि मोरङ प्रहरीले आज विहान जे विराटनगरको कोचाखालदेखि पक्राउ गरेको मोरङ प्रहरीका डिएसपी मन्जिल मुकारूङले जानकारी दिए ।
असोज ४ गते मोटरसाइकल चोरी आरोपमा मोरङ प्रहरीले कामतलाई पक्राउ गरेको थियो । पक्राउ परेका कामत पेट दुख्ने समस्या भएपछि उनलाई पाँच दिन अगाडी कोशी अस्पतालमा भर्ना गरिएको थियो । थुनुवा कामतले शौच आयो भनेपछि उनले प्रहरीलाई झुक्याएर फरार भएका थिए ।
चोरी आरोपमा पक्राउ परेका कामतको प्रहरीले अनुसन्धान पुरा गरि अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय मोरङमा समेत बुझाएको थियो । दशैं विदाले गर्दा अहिले अदालत बन्द रहेको छ । अदालत खुलेलगतै अभियोग लैजाने तयारी गर्दै गर्दा प्रतिवादी कामत अस्पतालको शौचालयदेखि फरार भएका थिए ।