AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एस्पायर कलेजमा अन्तर्राष्ट्रिय एडटेक बुटक्याम्प तथा ह्याकाथन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० माघ २०८२, शनिबार १८:०७
90
Shares
विराटनगर / विराटनगरस्थित एस्पायर कलेजले ६ हप्ते अन्तर्राष्ट्रिय एडटेक बुटक्याम्प र दुई दिने ह्याकाथन सफलतापूर्वक सम्पन्न गरेको छ । दक्षिण कोरियाको प्रख्यात छन्जे एजुकेशनको प्राविधिक सहयोग र शिवम् अर्गनाइजेसनको आर्थिक सहकार्यमा आयोजित कार्यक्रमको औपचारिक समापन विराटनगरमा गरिएको हो ।

ह्याकाथनमा उत्कृष्ट आइडिया पिचिङ गर्दै प्रनिशा पौडेल, ग्रेशा बोगटी र सरिता मगरको टिम प्रथम भई ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । यस्तै, विनम पौडेलको टिमले ३० हजार द्वितीय र सुशान्त नेपालको टिमले १५ हजार रुपैयाँ तृतीय नगद पुरस्कार हात पारे । अनिश श्रेष्ठ र पुष्प कुमारी रायले ुराइजिङ स्टारु को सम्मान पाए ।

बुटक्याम्पमा सहभागी ३६ विद्यार्थीहरूले कोडिङ, डिजिटल कन्टेन्ट विकास र इन्टरेक्टिभ लर्निङ सिस्टममा व्यवहारिक सीप सिकेका थिए । समापन समारोहमा छन्जे एजुकेशनका प्रमुख डा. किमले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय इन्टर्नसिप र रोजगारीमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कलेजका अध्यक्ष विकास अधिकारीले आगामी दिनमा पनि यस्ता अन्तर्राष्ट्रियस्तरका कार्यक्रमलाई निरन्तरता दिने बताए । एकेडेमिक डाइरेक्टर प्रतिक राउत र क्याम्पस प्रमुख सी।एम। बस्नेतले यो कार्यक्रमले विद्यार्थीलाई डिजिटल संसारसँग जोडेर शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन मद्दत पुग्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर