AArya
animated ellipse animated ellipse

एनसीडिए मोरङको निर्वाचन, ढकाल समूहको चुनावी अभियान आक्रमक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ पुष २०८०, आईतवार १८:३९
423
Shares
विराटनगर / नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङको आगमी पुस २८ गते हुने निर्वाचनको मिति नजिकिएसँगै चुनावी अभियान तिव्र भएको छ ।

एनसीडिए मोरङको निर्वाचनमा दुई समूह बनाए चुनावी मैदानमा उत्रिएपछि माहोल तातिएको छ । मतदातालाई आफ्नो पक्षमा रिझाउन उम्मेदवारहरु अहिले औषधी व्यवसायीको घरदैलोमा अभियान सुरु गरेका हुन्। संघको निर्वाचनमा वर्तमान उपाध्यक्ष देशबन्धु ढकाल र औषधी व्यवसायी सुदिन ध्वज श्रेष्ठले आ–आफ्नो प्यानल बनाएर चुनावी मैदानमा छन् ।

ढकाल समूहको चुनावी अभियान आक्रमक देखिएको छ । मोरङको पूर्वी क्षेत्रमा अध्यक्षका उम्मेदवार ढकालसहित पदाधिकारी र सदस्यहरु औषधी व्यवसायीहरुको पसलमा पुगेर एक चरणको भोट माग्ने अभियान सकेका छन् ।

मोरङको पूर्वी क्षेत्रमा भोट माग्ने काम सकिएपछि आइतबारदेखि विराटनगर केन्द्रीत अभियान सुरु गरिएको अध्यक्षका उम्मेदवार ढकालले बताए । ‘पहिलो चरणमा पूर्वी क्षेत्रमा रहेका औषधी व्यवसायीहरुको पसलमा पुगेर हाम्रो एजेन्डासहित आगमी योजनाहरु सुनाएर भोट माग्ने काम सकिएको छ,’ उनले भने, ‘अहिले विराटनगर केन्द्रीत अभियान सुरु भएको छ ।’

ढकालको समूहबाट वरिष्ठ उपाध्यक्षमा हरिराज रेग्मी, थोक उपाध्यक्षमा अनिल शर्मा, खुद्रा उपाध्यक्ष पुष्पराज पोखरेल, महासचिबमा प्रकाश धिमाल, कोषाध्यक्षमा बेदबहादुर (गणेश) थापा, सचिबमा सरिता चौधरी, उप कोषाध्यक्षमा तुलसा विश्वकर्माको उम्मेदवारी रहेको छ । यसैगरी थोक सदस्यमा राजेश कुमार मण्डल, खुद्रा सदस्य सुनिल कुमार चौधरी, सदस्यहरु भेष कुमार महतो, डिल्ली प्रसाद दाहाल र किशोर कुमार मल्लीक रहेका छन् । उनीहरु अहिले भोट माग्दै आफ्नो एजेन्डा सुनाउँदै अगाडी बढेका छन् ।

ढकालको समूहबाट पदाधिकारीमा उम्मेदवारी दिएका बर्तमान कार्यसमितिमा रहेर काम गरेका अनुभवी व्यवसायीहरु छन् । श्रेष्ठको समूहबाट वरिष्ठ उपाध्यक्ष सुदिप निरौला, थोक उपाध्यक्ष जितेन्द्र कुमार रजक, खुद्रा उपाध्यक्ष मुकेश श्रीवास्तव, महासचिब अरुण कुमार ठाकुर, सचिब सुधन पौडेल, कोषाध्यक्ष मनोज कुमार मण्डल र सह–कोषाध्यक्ष राज कुमार यादव उम्मेदवारी रहेका छन् ।

सदस्यहरुमा खुद्रा सदस्यमा शंकर यादव, अन्जु बस्नेत, शिशुपाल यादव र दिलिप राजवंशी रहेका छन् । श्रेष्ठको समूहबाट उम्मेदवारी दिएका केही व्यवसायिकहरु बिवादित छविका पनि रहेका छन् । श्रेष्ठको समूहबाट पदाधिकारीमा उम्मेदवारी दिएका केही व्यक्ति औषधीको अुचित प्रयोग र भण्डार गरि विक्री वितरण र कालोबजारीको आरोप खेपेका व्यक्ति पनि उम्मेदवार रहेका छन् ।

२०५३ सालदेखि औषधी व्यवसायी क्षेत्रमा आबद्ध भएका ढकाल प्रथम अधिवेशनमा उपाध्यक्षमा सर्वाधिक मत २९९ ल्याएर निर्वाचित भएका थिए । उनले अहिले अध्यक्षमा उम्मेदवार दिएका श्रेष्ठलाई पराजित गरि ढकाल उपाध्यक्षमा निर्वाचित भएका थिए । प्रथम अधिवेशनमा ढकालले २९९ मत ल्याएर निर्वाचित हुँदा श्रेष्ठले १३५ मत पाएका थिए ।

व्यवसायीको हकहितमा लागि पर्ने, स्वच्छ र मर्यादित व्यवसाय सञ्चालन गरी औषधी व्यवसायीहरूलाई समाजमा हेर्ने दृष्टिकोण राम्रो बनाउन सधैँ लागि परेको कारण ढकाल औषधी व्यवसायीहरु माझ लोकप्रिय छन् । ‘पेशागत इमान्दारीता, व्यवसायीक एकता आजको आवश्यकता हो,’ अध्यक्षको उम्मेदवारी घोषणा गर्दै ढकालले भने, ‘मर्यादित, पारदर्शि र पेशागत हित सुनिश्चतताको लागि मैले अध्यक्षमा उम्मेदवारी दिएको छु ।’ एनसीडिए मोरङमा ४१५ जना सदस्यीय रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर