RUMPUM
animated ellipse animated ellipse

विर्तामोडका कोरोना संक्रमित वृद्धको विराटनगरको नोबेल मेडिकल कलेजमा मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ आश्विन २०७७, सोमबार १६:०४
423
Shares
विराटनगर / कोरोना संक्रमणबाट झापाको विर्तामोड नगरपालिका–५ का एक वृद्धको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ । यो सँगै प्रदेश १ मृत्यु हुनेको संख्या ८२ पुगेको छ । जस मध्ये १५ जना प्रदेश १ बाहिरको रहेका छन भने ६७ जना प्रदेश १ को रहेका छन् ।

दमका रोगी रहेका ८२ वर्षीय बृद्धलाई चार दिनअघि स्वास्थ्यमा समस्या आएपछि विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको थियो ।

अस्पतालले वृद्धलाई विर्तासिटी उपचार सम्भव नहुने भन्दै नोबेल अस्पताल पठाएको थियो । उपचाररत वृद्धमा शनिबार कोरोना पुष्टि भएकोमा आइतबार साँझ मृत्यु भएको विर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाका कोभिड–१९ रोकथाम तथा नियन्त्रण संयोजक ओम खड्काले जानकारी दिए । झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर