खबर पूर्वाञ्चल
पहिलो हाफमा २—० गोल अन्तरको अग्रता बनाएको फिक्कलले दोश्रो हाफमा थप १ गोल गर्न सफल रहयो । खेलको छैटौ मिनेटमा शेखर राईले फिक्कललाई सुरुवाती अग्रता दिलाए । २ मिनेट नवित्दै शेखरले अग्रता दोब्बर बनाए ।
४५ औ मिनेटमा निश्चल बस्नेतले अग्रता कम बनाए । फिक्कलका कप्तान सचिन योल्मु दोहोरो पहेलो कार्ड खाँदै ६५ औ मिनेटमा मैदान बाहिरिए । १० खेलाडीमा सिमित बनेको फिक्कलका लागि नयन प्रधानले इन्जुरी समयमा अग्रता ३—१ बनाए । दबाबमा परेको दमकका लागि इन्जुरी समयको अन्तिम मिनेटमा निमा तामाङले गोल गरेपनि जितका लागि पर्याप्त भएन् । जितसंगै फिक्कलले कम्तीमा ८१ हजार सुरक्षित गरेको छ । खेलको म्यान अफ दि म्याच पिक्कलका शेखर घोषित हुँदै नगद २ हजार प्राप्त गरे ।
दोश्रो सेमीफाइनल खेलमा बुधबार विर्तामोड युनाइटेड र बुट्टाबारी युनाइटेड बिच प्रतिस्पर्धा हुनेछ । आगामी बैशाख १ गते फाइनल हुने प्रतियोगिताको विजेताले १ लाख ५१ हजार प्राप्त गर्नेछ । फाइनल अघि चैत्र ३० गते देउराली भेट्रान र सन्दकपुर गाउँपालिका कर्मचारी बिच मैत्रीपुर्ण खेल हुनेछ । त्यसैगरी इलाम भेट्रान र सन्दकपुर भेट्रान तथा जनप्रतिनिधि र राजनीतिक दल बिच मैत्रीपुर्ण खेल हुनेछ ।