AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पछिल्लो २४ घण्टामा प्रदेश १ मा संक्रमणको संख्या १ सय भन्दा कम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ फाल्गुन २०७८, बिहीबार १७:४२
162
Shares
विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९६ जनामा कोरोना संक्रमण भएको छ । ३२४ जनाको पीसीआर परीक्षण गर्दा ३४ र ४८७ जनाको एन्टिजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२, सुनसरीमा ९, झापामा ४, धनकुटामा २, भोजपुर, तेहृथुम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ४, सुन्दरहरैचामा ३, पथरीशनिश्चरे, उर्लाबारी, सुनबर्षी, कानेपोखरी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ४, इटहरी, दुहवी, देवानगञ्ज, रामधुनी र स्थानीय तह नखुलेका १–१, झापाको भद्रपुरमा २, शिवसताक्षी र बाहृदशीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २, भोजपुरको भोजपुर नगरपालिका, तेहृथुमको आठराई र पाँचथरको फिदिममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६१ महिला र ८७ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ३०२ रहेको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर