RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा थप ३२४ जनामा संक्रमण देखियो, २५६ जना संक्रमणमुक्त

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ आश्विन २०७८, शुक्रबार १७:२०
495
Shares
विराटनगर / प्रदेश १ मा आज थप ३२४ जनामा कोरोना संक्रमण देखिएको छ । ९५८ जनाको पीसीआर परीक्षण गर्दा २११ र ६०४ जनाको एन्टिजेन परीक्षण गर्दा ११३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७३, सुनसरीमा ६६, मोरङमा ५८, इलाममा ८, धनकुटामा २, ओखलढुङ्गा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।

झापाको कनकाईमा १४, विर्तामोडमा १२, भद्रपुरमा ११, दमकमा ९, मेचीनगरमा ८, शिवसताक्षी र बुद्धशान्तिमा ५–५, अर्जुनधारामा ३, कमल गाउँपालिका र झापा गाउँपालिकामा २–२, गौरादह र हल्दिबारीमा १–१, सुनसरीको इटहरीमा ४०, धरानमा १६, इनरुवा र रामधुनीमा ३–३, बराहक्षेत्र, हरिनगर, दुहवी र गढीमा १–१ जनामा संक्रमण देखिएको छ ।

यता मोरङको विराटनगरमा ४२, सुन्दरहरैचामा ७, बेलबारीमा ४, उर्लाबारीमा २, रंगेली, लेटाङ र बुढीगंगामा १–१, इलामको सुर्योदयमा ४, इलाम नगरपालिकामा २, मांसेबुङ र चुलाचुलीमा १–१, धनकुटाको महालक्ष्मी र पाख्रिबासमा १–१, ओखलढुङ्गाको सुनकोशी र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १२९ महिला र १२७ पुरुष रहेका छन । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर