AArya
RUMPUM
animated ellipse animated ellipse

खेलकुदको विकास र निजी क्षेत्रको सहभागिता सम्बन्धी अन्तरक्रिया सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ असार २०८३, मंगलवार १९:०६
3
Shares
विराटनगर/ प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको आयोजनामा खेलकुद विकास र निजी क्षेत्रको सहभागिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

आज विराटनगरमा अग्रज खेलकर्मीहरू, खेलसंघका प्रतिनिधिहरू तथा निजी क्षेत्रका प्रतिनिधिहरूबिच अन्तरक्रिया कार्यक्रम विराटनगरको कञ्चनजंगा होटलमा सम्पन्न भएको हो।

अन्तरक्रिया कार्यक्रममा बोल्दै बोर्डका सदस्य सचिव विप्लव घोषले बोर्डका नियुक्त भएका पदाधिकारीहरू लामो समय खेलकुदमा सक्रिय रहेकाले आफ्नो कार्यकालमा खेलाडीहरूको मर्म अनुरुप कार्यगर्न कोशिश गर्ने बताए। उनले खेलकुद क्षेत्रमा लगानी भएको बजेट अपर्याप्त रहेकोले बजेटका लागि आवश्यक परेको खण्डमा केन्द्र र प्रदेश सरकारसँग संघर्ष गर्न समेत तयार रहेको बताए।

कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका महानिर्देशक विजयहरि शर्माले निजी क्षेत्र खेलकुद क्षेत्रसँग सहकार्य गर्न सदैव तयार रहेको बताए। उनले निजी क्षेत्रले खेलकुदका कार्यक्रमहरूदेखि खेलाडीहरूलाई समेत प्रयोजन गरिरहेको र भविष्यमा समेत सो कार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

निजी क्षेत्रको तर्फबाट कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पर्यटन व्यवसायी भविष श्रेष्ठले कोशी प्रदेशमा साहसिक खेलकुद पर्यटनको उच्च सम्भावना रहेको बताए। उनले साहसिक खेलकुदको माध्यमबाट प्रदेशले उल्ल्लेख संख्यामा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न सक्ने बताए।

अन्तरक्रिया कार्यक्रममा बोल्दै खेलकर्मी रंजन थापाले सरकारले खेलकुदको प्रशासनिक खर्च कटौती गरेर भएपनि खेलाडीको लागि तालिम केन्द्र संचालन गर्नु पर्नेमा जोड दिए।

कार्यक्रममा अधिकांश सहभागीहरूले सरकारले खेलकुद क्षेत्रलाई न्यून बजेट छुटाएर अन्याय गरिरहेको आरोप लगाएका थिए भने बोर्डले अन्तरक्रियाबाट उठेको सवालहरूको समाधानका लागि पहलकदमी लिने तथा सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर