AArya
RUMPUM
animated ellipse animated ellipse

सबै चारपाङ्ग्रे विद्युतीय गाडी अब नेपालमै उत्पादन हुने, चाईना र नेपाली कम्पनी बिच सम्झौता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ बैशाख २०८१, सोमबार १७:२३
594
Shares
विराटनगर / विद्युतीय सवारी साधनप्रती आकर्षण बढ्दै जाँदा अब नेपालमै सबै किसिमका चार पाङ्ग्रे सवारी साधन उत्पादन हुने भएको छ ।

एक वर्ष भित्र सबै किसिमका सवारी साधन उत्पादन गर्ने उद्देश्यका आज नेपालको कोशी एन के मोटर्स प्रालि र चाईनाको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिटेड बिच सम्झौता भएको हो ।

चाईनाको फुजियन प्रान्तमा रहेको उक्त अटोबडी कम्पनीसँग स्थानीय ज्योतिष शास्त्र अनुसार आज विहान १० बजेर १८ मिनेटमा सम्झौता पत्रमा दिपक्षीय हस्ताक्षर भएको हो । सम्झौतामा कोशी एन के मोटर्सका अध्यक्ष टीकाराम पुरी र स्यामनका तर्फबाट प्रबन्ध निर्देशक (एमडी) ले हस्ताक्षर गरे । उक्त अवसरमा कोशी एनके का एमडी टीआर ढकालको समेत उपस्तिथि थियो ।

सम्झौता भएसँगै अब नेपालमा नै चाईनिज तथा कोरियन प्रविधिमा आधारीत चार पाङ्ग्रे विद्युतीय गाडी उत्पादन हुने भएको हो ।

नेपालमा पहिलो पटक मोरङको बुढीगंगामा १५ विघा क्षेत्रफलमा संचालनको तयारी गरिएको यस कम्पनीमा सुरूवाती चरणमा ३ अर्ब रूपैयाँको लागत रहने अध्यक्ष टिकाराम पुरीले बताए। उनका अनुसार १ वर्ष भित्र सबै चार पाङ्ग्रे सवारीसाधन उत्पादन गर्ने छ । कम्पनीले नेपाली परिवेश र आवश्यकता अनुसार प्रत्येक महिना ७५० गाडी उत्पादन गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर