आफूमाथि निराधार आरोप : चौधरी

खबर पूर्वाञ्चल, १५ असार २०७८, मंगलवार १९:११

सुनसरी / सुनसरीको रामधुनी नगरपालिका ६ की वडा सदस्य लक्ष्मी चौधरीले आफूमाथि निराधार आरोप लगाएर मिडियाबासी भएको भन्दै प्रतिवाद गरेकी छिन् ।

आज एक प्रेस विज्ञप्ती जारी गर्दै वडा सदस्य चौधरीले वडाबासी तथा पत्रकारहरुलाई सम्बोधन गर्दै केही दिनयता आफ्नो नाम जोडेर आएको समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएकी हुन् । केही सिमित व्यक्ति र मिडियाले सही कुरा नबुझी, तथ्यको गहिराई नै नबुझीकन एकतर्फी रुपमा आफूलाई बदनाम गर्न, व्यक्तिगत चरित्र हत्या र राजनीतिक प्रतिसोध साध्नका लागि राहत वितरण प्रकरणमा अनियमितता र भ्रष्टचार विषयमा नाम जोडेर आएको सूचना, भिडियो, प्रकाशित तथा प्रसारित समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै झुठो प्रचारको निन्दा पनि गरेकी छिन् । हालै केही अनलाईन र एफएममा वडा सदस्य लक्ष्मी चौधरीले हिनामिना गरेको आरोप लगाएकोमा त्यो पूर्ण त झुठो आरोप, निराधार र कलोकल्पित तथा भ्रमात्मक मात्र भएकाले त्यसको पछि नलाग्न अपिल समेत गरिन् ।

चौधरीले आफूले नगरपालिकाको नियम, ऐन, कानुन र नगर सभाबाट पास भएको कार्यक्रमहरु, योजना र बजेटलाई आर्थिक नियमावलि समेतलाई ध्यानमा राखी पारदर्शि रुपमा नै गरेको सबैमा जानकारीका लागि अनुरोध पनि गरिन् । सुनसरीको रामधुनी नगरपालिका वाड नम्बर ६ मा विपन्न वर्गकालागी ल्याइएको राहत सामग्रीमा अनियमितता भएको भन्दै आएको समाचार पनि निराधार, प्रमाणहिन र तथ्यहिन रुपमा आएको चौधरीको दावी छ ।

वडा अध्यक्ष , अन्य सदस्यहरु र वडा सचिव समेतको संलग्तनामा भएको काम कार्वाही र राहत वितरणसम्मको काममा वडा समितिका सबैको सहमती, हस्ताक्षर र योजनामा काम भएकोमा मेरो मात्रै नाम जोडेर एकतर्फी तथ्याहिन, कलोकल्पित, भ्रमात्मक, महिला जनप्रनिधि भएकोले अपमान समेत गरी राजनीतिक र व्यक्तिगत चरित्र हत्यासम्मको प्रयास गरेर समाचार आएकोमा त्यसको निष्पक्ष छानबिनको माग गर्दछु सेमत विज्ञप्तीमा भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५