खबर पूर्वाञ्चल
मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईको नेतृत्वमा गठन भएको छानविन समितिले प्रतिवेदन बुझाएपछि मोरङ प्रहरीले आइतबार पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको हो ।
प्रहरीले सार्वजानिक गरेको प्रतिवेदनमा अनुसन्धानको मिसिलमा फोटो अर्कै व्यक्तिको राखेको पाइनु ‘मानवीय त्रुटि’ भएकोले अनुसन्धान अधिकृत (इनिस्पेक्टर) उद्धब पोखरेल र अनुसन्धानमा खटिएका प्रहरी जवान योगीन सार्कीलाई विभागिय कारवाही अनुसार सचेत गराई जवाफदेही बनाउनु पर्ने छानविन प्रतिवेदनमा उल्लेखछ । मृतक प्रविण भनि मिसिलमा राखिएको फोटो गत साउन ३ गते करेन्ट लागेर मृत्यु भएको उर्लाबारी ७ का २६ वर्षिय नविनराज घिमिरे गहतराजकको रहेको पाइएको छ ।
‘उक्त फोटो फागुन ९ गतेको अनुसन्धान प्रतिवेदन साथ मिसिलमा संलग्न नभएको तथा सो फोटो किर्ते गरी बदनियतपूर्वक राखिएको देखिदैन । साथै मृतक प्रबिण बास्तोलाले लगाएको कपडा इसिजि गर्दा गोदवारी अस्पतालका कर्मचारीले नै माथी छाती तर्फ सारेको उक्त च्यातिएको अवस्थामा देखिदैन्,’ प्रतिवेदनमा उल्लेख छ ।
बास्तोलाको रहस्यमय तरिकाले मृत्यु प्रकरणको अनुसन्धानमा लापरबाही गरेको आरोप लगाउँदै मृतकका आफन्तले इलका प्रहरी कार्यालय उर्लाबारीका इनिस्पेक्टर उद्धब पोखरेलको विरोध गरेका थिए । त्यसपछि फागुन ९ गते गठन भएको डिएसपी राईको नेतृत्वमा तीन सदस्य छानविन समिति बनाएको थियो ।