animated ellipse animated ellipse

सामाजिक विकास मन्त्रालयद्धारा उदयपुरमा होमीयोपेथिक औषधि हस्तान्तरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० बैशाख २०७७, मंगलवार २०:२८
72
Shares
विराटनगर / प्रदेश १ मा कोरोना भाईरसको केन्द्रविन्दु मानिएको उदयपुरको भुल्केका १ हजार ४ सय व्यक्तिका लागि आज होमीयोपेथिक औषधि हस्तान्तरण गरिएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका डा. सरोजप्रसाद विशाल र नेपाल होमियोप्याथिक एशोसियनका केन्द्रीय अध्यक्ष डा. कमलप्रसाद सुवेदीले उदयपुरको त्रियुगा नगरपालिकाका प्रमुख वलदेव चौधरीलाई सो होमीयोपेथिक औषधि हस्तान्तरण गरेका हुन् ।

उदयपुर उच्च जोखिममा रहेको जिल्ला भएकाले पहिलो चरणमा भुल्कमा औषधि लगिएको डा. विशालले बताए । प्रत्येक दिन विहान खालीपेटमा तीन दिनसम्म होमियोपैथिक औषधि खानु पर्ने अखिल नेपाल होमियोप्याथिक एशोसियनका केन्द्रीय अध्यक्ष डा. सुवेदीले बताए । नेपाल सरकार आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले कोभिड १९ व्यवस्थापन तथा रोकथाम संवन्धिको मापदण्ड अनुसारको औषधि त्रियुगा नगरपालिका ३ भुल्केका बासिन्दाका लागि हस्तान्तरण गरिएको हो ।

आयातित औषधि खपत गरेर नेपालमा कोरोना जित्न संभव नभएकाले स्थानीय श्रोत साधानलाई परिचालन गरेर रोगप्रतिरोधात्मक क्षमता बढाउने होमीयोपैेथिक औषधि प्रयोग गर्ने प्रोटोकल तयार गरिएको डा. विशालले बताए । होमीयोपेथिक औषधि स्थानीयवासीलाई वितरण गर्नुअघि औषधिको बारेमा जानकारी गराईएको थियो । सो कार्यक्रममा प्रदेश सासद अम्बिका थापा, सुनिता चौधरी, जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले औषधिको गुणस्तरीयता र उपयोगिताको बारेमा जानकारी लिए ।

टोलीले त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा क्वारेन्टाइनमा बसेका २० जना र भुल्केका सबैलाई तीन दिन सम्म पुग्ने औषधि उपलब्ध गराइएको थियो ।

होमियो औषधि आर्सेनिक एल्व ३० का २ हजार थान विराटनगरको ज्योती होमियोको सहभयोगमा वितरण गरिएको अध्यक्ष सुवदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर