animated ellipse animated ellipse

संघीय सरकारले प्रदेशलाई माघ १५ भित्र प्रहरी हस्तान्तरण गर्छ : मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ पुष २०८०, सोमबार १८:२५
333
Shares
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारले प्रहरी समायोजन गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्न लागेकाले त्यसको पूर्व तयारीमा जुट्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको अनुगमनका क्रममा मुख्यमन्त्री कार्कीले प्रहरी समायोजन माघ १५ गतेभित्र प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिबद्धथा जनाएकाले त्यसको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।

‘प्रहरी प्रदेशमा आएपछि त्यसको सञ्चालन, सरूवा, बढुवाको विधि निर्माण गरेर पूर्वतायरीमा लाग्नुको विकल्प छैन ।’ उनले भने, ‘जनताको दैनिकीका साथै शान्ति सुरक्षामा प्रत्यक्ष रुपमा जोडिएको मन्त्रालय भएकाले जनतामा महशुस हुने गरी काम गर्नूहोस् । बजेट कार्यान्वयनको लागि द्रुत गतीमा मन्त्रालयको कामकाज अगाडि बढाउन निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले बजेट पूर्ण रुपमा कार्यान्वयन भएमा जनतासम्म सरकार पुगेको महसुस हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर