खबर पूर्वाञ्चल
नेपालको प्रिमियम तथा सबैभन्दा लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित भव्य समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित उक्त पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कार यस वर्ष भारतमा लन्च गरिएका सबैभन्दा आशाजनक ब्रान्डको सम्मानमा प्रदान गरिएको र यसले स्पर्धी बजारमा टुपीएमको उल्लेखनीय सफलतालाई देखाउने कम्पनिका प्रबन्ध निर्देशक महेश जाजुले बताए ।
टुपीएम ब्रान्डको प्रतिनिधित्व गर्दै वेदान्त जाजुले पुरस्कार ग्रहण गरे । टुपीएमले आफ्नो नवीनतम दृष्टिकोण, उपभोक्तासँगको बलियो सम्बन्ध र लन्च भएदेखि नै देखाएको तीव्र वृद्धिको लागि सम्मान पाएको हो । आफ्ना विभिन्न स्वादिष्ट नुडल्स् तथा स्न्याक्स्का उत्पादनको कारण टुपीएम चाँडै नै भारतीय उपभोक्ताको मनपर्ने ब्रान्ड बनेको छ ।
सम्मानसँगै, टुपीएम स्न्याक्स् एण्ड नुडल्सले गुणस्तर, स्वाद, र नवीनतालाई प्राथमिकता दिँदै भारतीय उपभोक्ताहरूलाई सन्तुष्ट पार्दै आफ्नो यात्रा जारी राख्ने प्रबन्ध निर्देशक जाजुले बताए ।
‘फ्युचर फर्वार्ड स्टार ब्रान्ड’ पुरस्कारले भारतीय खुद्रा बजारमा भविष्य निर्माण गर्ने सोच र सम्भावना बोकेका उदयमान ब्रान्डलाई प्रोत्साहन गर्ने रिलायन्स रिटेलको प्रतिबद्धतालाई प्रस्तुत गर्दछ । अब टुपीएम स्न्याक्स् एण्ड नुडल्स् भारतभरका सबै आधुनिक व्यापार, ई–कमर्स र छिटो बिक्री वितरण हुने प्लेटफर्महरूमा उपलब्ध छन् ।