animated ellipse animated ellipse

मोरङको कटहरीमा डुबेर एक जना बालकको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ श्रावण २०८०, सोमबार १९:०६
279
Shares
विराटनगर / मोरङको कटहरी गाउँपालिका–४ सुदा चोकस्थित सुखानी खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ ।

अजय साहका छोरा १० वर्षीय प्रेमकुमार साहको खोलामा डुबेर आज विहान मृत्यु भएको हो ।

प्रेमकुमार नुहाउन भनेर बिहान खोलामा छिरेका थिए । स्थानीयको सहयोग लिँदै प्रहरीले डुबिरहेको घाइते अवस्थामा उनको उद्धार गरेको थियो ।

प्रहरी चौकी कटहरीबाट गएको टोलीले उद्धार गरेर उपचारका लागि ल्याउँदा ल्याउँदै बाटैमा बालकको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पतालमा राखेर घटनाको अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर