खबर पूर्वाञ्चल
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी रञ्जिता दाहाल शंकास्पद अवस्थामा घरनजिकै मृतावस्थामा भेटिएकी हुन् ।
महेन्द्रोदय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रञ्जिता आइतबार विद्यालय गएर घर नफर्किएपछि खोजी गर्दा आज विहान घरनजिकै मृतावस्थामा भेटिएकी हुन् ।
आइतबार अपराह्न घर फर्कने क्रममा सम्पर्कविहीन बनेकी बालिकाको शव घरभन्दा करिब २ सय मिटर टाढा खन्युको फेदमा पासो चुँडिएर खसेको जस्तो अवस्थामा फेला परेकी हुन् ।
उनको ओठ, आँखा, घाँटीमा चोट देखिएको, सलको एक टुक्रा घाँटीमा र एक टुक्रा रुखको हाँगामा रहेकाले घटना शंकास्पद देखिएको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शवको पोस्टमार्टमपछि बालिकालाई ‘हत्या गरेर झुण्ड्याइएको जस्तो बनाउन खोजिएको वा आफैँ झुन्डिएको’ विषय खुल्ने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताए।