AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोशी क्याम्पसले जित्यो हिसान क्रिकेटको उपाधि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० पुष २०७८, शुक्रबार १६:४०
1.92k
Shares
पुष्पराज थपलिया
विराटनगर / विराटनगरमा जारी भएको हिसान क्रिकेटको उपाधि कोशी क्याम्पस जितेको छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान ) मोरङले आयोजनामा विराटनगर–१९ मा रहेको वैजनाथ क्रिकेट मैदनामा आज सम्पन्न भएको फाइनल खेलमालाई अरनिको कलेजलाई ८ विकेटले पराजित गरि कोशी उपाधि जितेको हो ।

जवाफमा १ सय ३ रनको चुनौती पछ्याएको कोशीले १७ ओभरमा २ विकेट गुमाई सो विजयी लक्ष्यपार गरेको थियो । कोशीका म्यान अफ द फाइनल नितेश यादवले ४१ रन बनाउँदा रोहन विकले नटआउट ३८ रनको योगदान दिए । अरनिकोका चन्दन यादव र राहुल नायकले १–१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ राजेकोे अरनिकोले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय २ रनको स्कोर खडा गरेको थियो । अरनिकोका लागि अंकित मण्डलले १८ रन बनाउँदा दिप स्वर्णकारले १५ रन र सुमन मण्डलले १४ रनको योगदान दिएका थिए । कोशीका रञ्जन कामतले २ लिँदा अमित रोयले पनि २ विकेट लिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडि अरनिकोका अंकति मण्डल घोषित हुँदा उत्कृष्ट बलर अरिनिकाकै अविशेक बराल र उत्कृष्ट ब्याटर कोशीका रोहन विक घोषित भए । पुष २४ गतेदेखि शुरु भएको क्रिकेटमा हिसानमा आबद्ध १३ कलेजको सहभागि रहेको थियो ।

विजेता तथा अन्य खेलाडिलाई हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान मोरङका अध्यक्ष राजेश कार्की, हिसान मोरङका बरिष्ट उपाध्यक्ष अमित ढकाल र हिसान मोरङकाका सल्लाहाकार ज्ञानबहादुर खडकालगायतले पुरस्कार तथा ट्रफि वितरण गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर