AArya
RUMPUM
animated ellipse animated ellipse

उपचार नपाएर विराटनगरमा गर्भवती महिलाको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ भाद्र २०७७, शुक्रबार १९:०९
999
Shares
विराटनगर / विराटनगरमा उपचार नपाएर गर्भवती महिलाको विराटनगरमा मृत्यु भएको छ ।

विराटनगर ६ सुकुम्बासी टोलकी ३० वर्षीया महिलालाई प्रसूति उपचारका लागि कोशी अस्पताल विराटनगरले भर्ना नलिएपछि घरमै मृत्यु भएको हो । दुई पटक शल्यक्रियाबाट प्रसूति गराइसकेको हुदाँ अब गर्न नसकिने भन्दै कोशी अस्पताल पछाडि सर्दा घटना भएको नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले जानकारी दिए ।

घटना पूर्व आफू समक्ष जानकारीमा नआएको बताएका कार्कीले आर्थिक रुपमा विपन्न ऋषिदेव परिवारले रकम जोहो गर्दै गर्दा र अस्पतालले भर्ना लिन नमान्दा दुखद घटना भएको आरोप लगाउँछन् । हिजोको दिनमा प्रशासनले विरामी उपचार गर्न नीजि तथा सरकारी अस्पताललाई निर्देशन दिएको बताएका उनी गरिब र विपन्नका लागि सरकार कहाँ छ भन्दै प्रश्न गर्छन् ।

स्थानीय विकेश मुखियाका अनुसार दैनिक ज्यालामजदुरी गरि जीवनयापन गर्दै आएका शिवु ऋषिदेवले श्रीमती विमलालाई बुधबार बेलुका कोशी अस्पतालमा प्रसूतिका लागि लगेका थिए । उनका अनुसार अस्पतालले उपचार गर्न नसक्ने र घरमै फिर्ता लैजान भनेपनि ऋषिदेवले बुधबार राती विरामीलाई घर फर्काएका थिए । सोही क्रममा बिहीबार विहान ४ बजे विरामीको मृत्यु भएको उनले बताए ।

शिवुको घर दुहवी १० भएपनि कामको सिलसिलामा उनी परिवारसहित विराटनगर ६ मा बसोबास गर्दै आएका थिए । दैनिक ज्याला मजदुरीबाट जीवनयापन गर्ने शिवु परिवारको आर्थिक रुपमा कमजोर हुदाँ अस्पतालले भर्ना लिन नमानेको पीडित परिवारलाई उदृत गर्दै मुखियाले जानकारी दिए । अर्कोतर्फ, अस्पतालले यसविषयमा कुनै जानकारी दिएको छैन् ।

विहानबाट शव घरमै रहेपछि प्रमुख सचेतक कार्कीले शव दाहसंस्कारको सबै कार्यमा सहजीकरण गराएका थिए । कार्कीले भने, ‘विरामी भएर उपचारका लागि अस्पताल पुग्दा समेत जीवन त्याग्नु पर्ने अवस्था रहनुले हाम्रो स्वास्थ्य अवस्थाको स्थिति उजागर गरेको छ ।’ आर्थिक अभाव र हेल्चेक्राईले जनताले मृत्युवरण गर्ने स्थिती आएको उनको गुनासो छ ।

यसअघि बिहीबारनै विराटनगरको विभिन्न ६ वटा अस्पतालले उपचार गर्न नसक्ने जनाएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ८१ वर्षिय डिगबहादुर राई पनि विराटनगरबाट हेलिकोप्टर चाटर्ड गरि घर फर्कनुपरेको थियो ।

त्यसैगरि, यसअघि मोरङ कानेपोखरी गाँउपालिकाकी २३ वर्षिया सविना थापा, उदयपुर चौदण्डीगढी नगरपालिकाकी ६५ वर्षिया डम्बरकुमारी बस्नेत, उदयपुरकै २३ वर्षिय पदम राई, मोरङ पथरीशनिश्चरेकी ६२ वर्षिया सानकुमारी राईको विराटनगरका अस्पतालहरुले उपचार सेवा दिन नसक्दा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर