महानगर क्षेत्र सफा र हरियाली अभियानलाई तीव्रता

खबर पूर्वाञ्चल, २४ भाद्र २०७९, शुक्रबार १७:३२
207
Shares
विराटनगर / विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सरसफाई अभियानलाई तीव्रता दिएको छ ।

प्रत्येक शुक्रबार विहानको समयमा सरसफाई अभियान अनुसार आज विराटनगर महानगरपालिकाको बस पार्क क्षेत्रमा सफाई अभियान सञ्चालन गरियो ।

बस पार्क टोल विकास समिति–११ र जिल्ला प्रहरी कार्यालयको समुदाय– प्रहरी साझेदारीद्वारा संयुक्त रुपमा आयोजित सरसफाई अभियानमा महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की र मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको सहभागिता रहेको थियो ।

बस पार्कबाट सञ्चालित सफाई अभियान नयाँ गुद्रीलगायत जनथप टोलसम्म सफाई गरिएको छ । सरफाई अभियानमा महनगरपालिकाका वडा नं ११ का वडाअध्यक्ष तीर्थेन्द्र न्यौपाने,जनप्रतिनिधि, टोल विकास समितिका अध्यक्ष पदम श्रेष्ठ, महानगरका कर्मचारी, जिल्ला प्रशासन कार्यालयका कर्मचारी, प्रहरी र होटल व्यवसायी एवं सर्वसाधारणको सहभागिता रहेको थियो ।

सो अवसरमा ‘आफ्नो घर आँगन आफ्ै सफा राखौं , सफा, सुन्दर महानगर बनाऔं’ नारा सहित सो कार्यक्रम गरिएको थियो ।

सफाई अभियानमा उपप्रमुख कार्की र प्रजिअ दाहालले फोहर डस्वीनमा राखौं, आफ्नो घर अगाडि वाटो सफा राख्न घरधनी एवं व्यवसायीहरुलाई आग्रह समेत गरे । सफाई अभियानबाट नगरक्षेत्र केही दिनदेखि सफा र हरियाली देखिएको छ । नगरबासीमा सरसफाईप्रति चेतना अभिवृद्धि भएको पाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५