RUMPUM
animated ellipse animated ellipse

नेपालमा आज एकै दिन २४ जना कोरोना संक्रमण थपिएसँगै संक्रमिक १ सय ३४ जना पुघ्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ बैशाख २०७७, सोमबार २०:११
3
Shares
काठमाडौं /नेपालमा आज एकै दिन २४ जना कोरोना संक्रमण थपिएसँगै नेपालमा कोरोना संक्रमिक १ सय ३४ जना पुगेका छन् । आजै विहान कपिलवस्तुमा १० जना र सप्तरीमा १ जना साँझमा कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आजै कपिलवस्तुमा मात्र १६ जनामा कोरोना संक्रमण देखिएको छ । रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा आजै ६ जना थपिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
डा.अधिकारीका अनुसार रुपन्देहीको समरी गाउँपालिका–७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका–६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । त्यस्तै कपिलवस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि नगरपालिका–७ निवासी १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी बर्दियाको राजापुर–५ निवासी ११ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको अधिकारीले बताएका छन् । बर्दियामा भने पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।
यसअघि कपिलवस्तुमा आजै बिहान १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको थियो । कपिलवस्तु यशोधरा गाउँपालिका र बुद्धभूमि नगरपालिका ७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४ र ३४ वर्षका पुरुषहरु थिए । अर्का एकजनाको उमेर खुलेको छैन । त्यसैगरी सप्तरीमा पनि एकजनालाई कोरोना पुष्टि भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर