मोरङ प्रशासनले जेठ २४ गतेसम्म निषेधाज्ञाको समयावधि लम्ब्यायो

खबर पूर्वाञ्चल, १६ जेष्ठ २०७८, आईतवार १७:२२

विराटनगर / मोरङ प्रशासनले जेठ २४ गतेसम्मका लागी निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमणको दर बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले जारी निषेधाज्ञालाई जेठ २४ गतेसम्म थप गर्ने नियर्ण गरेको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आज चौथौं पटक थपिएको निषेधाज्ञाको समय सकिनु अगाडि पाँचौ सूचना जारी गर्दै २४ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञाको आदेश जारी गरेका हुन् ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जेठ २४ गतेसम्मका लागी निषेधाज्ञा थप गर्ने आधारको रुपमा प्रशासनले लिएको छ ।

कोभिड १९ को महामारीको दोस्रो लहर सुरु भएर निषेधाज्ञा लगाउन चर्काे दवाव परेपछि मोरङ प्रशासनले पहिलो पटक वैशाख १८ गते राती १२ बजेदेखि निषेधाज्ञा लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५