पूर्वाञ्चल खबर
फ्रन्टलाईनमा खट्ने अधिकारकर्मीहरुले अझै खोप पाउन नसकेको उनीहरुको भनाई छ । गैरसरकारी संस्था महासंघ मोरङले आज आयोजना गरेको कोभिड –१९ को दोश्रो लहरमा मानवअधिकार, लोकतन्त्र, सामाजिक संघसंस्थाको भूमिका र सिकाई विषयमा छलफल कार्यक्रमका बक्ताहरुले सो माग गरेका हुन् ।
गैसस मोरङका अध्यक्ष राजेन्द्रप्रसाद ढकालले स्वास्थ्य अहिले पहिलो प्राथमिकतामा रहेको बताए। कोभिड १९ ले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सिकाएको बताए। अधिकारकमीहरुले अहिलेसम्म पनि कोभिड १९ विरुद्धको खोप पाउन नसकेको उनले दाबी गरे ।
कार्यक्रममा नारी विकास संघ अध्यक्ष सीता शर्मा, गैसस मोरङ उपाध्यक्ष विष्णु शर्मा पन्त, उपभोक्ता अधिकारबादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङेल, एनप्याव्सन मोरङका अध्यक्ष राजन छाराहाङ, अधिकारकर्मी मणि अज्र्याल, बालकृष्ण पाण्डेलगायतले अधिकारकर्मीलाई छिटो भन्दा छिटो खोपको प्रवन्ध गर्न आग्रह गरे ।
कार्यक्रममा मानव अधिकार सञ्जालका संयोजक डिकप्रसाद घिमिरे र सूचनाको हकका अभियान्ता राजु श्रेष्ठले कोभिड –१९ को दोश्रो लहरमा मानवअधिकार, लोकतन्त्र, सामाजिक संघसंस्थाको भूमिका र सिकाई विषयमा कार्यपत्र प्रस्तुत गरे ।