प्रदेश १ मा ७३३ जना संक्रमण मुक्त, थपिए ५४० जना संक्रमण, ६ जना संक्रमितको मृत्यु

खबर पूर्वाञ्चल, २४ जेष्ठ २०७८, सोमबार १९:३२

विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७३३ जना संक्रमण मुक्त भएका छन् भने ५४० जनामा संक्रमण देखिएको छ ।

३०० महिला र ४३३ पुरुष संक्रमण मुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४२ हजार ३७२ पुगेको छ ।

प्रदेशमा थपिएका ५४० जना संक्रमित मध्ये सवै भन्दा बढी झापामा १९७, सुनसरीमा १८८, मोरङमा १०२, संखुवासभामा १८, धनकुटामा १३, इलाममा ७, उदयपुरमा ३, भोजपुरमा २, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

झापाको भद्रपुरमा ५२, बुद्धशान्तिमा ३३, विर्तामोडमा ३०, दमकमा १५, मेचीनगर र अर्जुनधारामा १३–१३, कनकाई र शिवसताक्षीमा ११–११, कमल गाउँपालिकामा ७, कचनकवलमा ६, हल्दिबारीमा ३, गौरीगञ्जमा २, स्थानीय तह नखुलेका १, सुनसरीको इटहरीमा १०३, धरानमा ५०, हरिनगर र स्थानीय तह नखुलेको ७–७, बराहक्षेत्रमा ६, दुहवीमा ४, रामधुनीमा ३, देवानगञ्ज, इनरुवा र बर्जुमा २–२, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ६२, कानेपोखरीमा २१, कटहरीमा ६, बुढीगंगामा ३, ग्रामथान र बेलबारीमा २–२, धनपालथान, उर्लाबारी, जहदा, रतुवामाई, रंगेली र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि संखुवासभाको चैनपुमा १२ र मादीमा ६, धनकुटाको पाख्रिवासमा ८, धनकुटा नगरपालिकामा ४, महालक्ष्मीमा १, इलामको इलाम नगरपालिकामा ५, सुर्योदय र माईमा १–१, उदयपुरको त्रियुगा, बेलका र स्थानीय तह नखुलेका १–१, भोजपुरमा २, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश संक्रमितको संख्या ६२ हजार ५२६ पुगेको छ । सक्रिय संक्रमितको संख्या १९ हजार १७७ रहेको छ । प्रदेश १ मा आज १ हजार ६०० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २५६ महिला र २८४ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट प्रदेश १ मा ६ जनाको मृत्यु भएको छ । यो सँगै प्रदेशमा मृत्यु हुनेको संख्या २९३ महिला र ६८४ जना पुरुष गरी ९७७ पुगेको छ ।

मृत्यु हुनेमा मोरङ घर भएका २ जना प्रदेश १ बाहिरका २ जना तथा सुरसरी र उदयपुरका १–१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५