पूर्वाञ्चल खबर
भुसाल गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । उनी एमालेका सचिव समेत रहेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।
उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण देशले प्रगति गर्न नसकेको बताएका छन् । भुसालले भने, ‘ओलीवाद हाबी भएका कारण कम्युनिस्ट आन्दोलन अफ्ठेरोमा परेको हो । सर्वत्र म भन्ने सिद्धान्त उहाँमा छ । पाँच वर्षसम्म कृषि, उद्योग, सुशासनको क्षेत्रमा धेरै बलियो मुलुक हुने अवसर प्राप्त थियो । कमरेड ओलीका कारण त्यो अवसर देशले गुमायो ।’
भुसालले नेकपा एकीकृत समाजवादीले वाम एकताका लागि गठन गरेको वार्ता समितिसमक्ष ५ बुँदे प्रस्ताव राखेका थिए । भुसालको प्रस्तावलाई एकीकृत समाजवादीले स्वागत गरेपछि उनी पार्टी प्रवेश गरेका हन् ।
पार्टी प्रवेशको घोषणा गर्दै भुसालले नेकपा विभाजनका कारण मुलुकले समृद्धि र विकास गर्ने अवसर गुमाउनु परेको बताए ।