खबर पूर्वाञ्चल
भारत विहारको पूर्णिया घर भएका ३५ वर्षीय दीपककुमार साह मृत अवस्थामा होटल इस्टर्न स्टारमा फेला परेको मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
उनका अनुसार मृतक साह उनका साथीहरुसँग आएको र बुधबार साँझमा कक्टेल डिनेर (मदिरासहित रातिको खाना)गरेर कोठामा सुतेका थिए । होटलमासँगै रहेका अन्य साथीले मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनले धेरै मदिरा सेवन गरेका कारण मृत्यु भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।
साह भारतीय कपडा कम्पनी सियारामका सेल्सम्यानेजरका रुपमा काम गर्दै आएका थिए । कपडा कम्पनीले सेल्सम्यानेजरहरुलाई ‘रिफ्रेसमेन्ट’का लागि २५ जनाको टोली विराटनगर ल्याएको खुलेको प्रहरीले जनाएको छ ।
कम्पनीका प्रतिनिधिसहित आएका सेल्सम्यानेजरहरुलाई खाने बस्ने व्यवस्था त्यही होटलमा गरिएको थियो । राति सबै जनाले मदिरासहित खानपिन र रमाइलो गरेर सुतेका थिए ।