animated ellipse animated ellipse

कोशीका नवनियुक्त चार मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ माघ २०८०, शुक्रबार १८:१७
252
Shares
विराटनगर / कोशी प्रदेशका नवनियुक्त चार मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

आज मुख्यमन्त्रीले नियुक्त गरेका चार मन्त्री र दुई राज्यमन्त्रीले प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गरेका हुन् ।

कांग्रेसबाट ओखलढुंगाका प्रदीप सुनुवार र उदयपुरका रामकुमार खत्री मन्त्री नियुक्त भएका छन् । सनुवारलाई स्वास्थ्य र खत्रीलाई उद्योग कृषि, तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै कांग्रेसकी इन्दिरा थापालाई आर्थिक मामिला तथा योजना राज्यमन्त्री र सुनिता कुमारी गुरुङलाई आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री नियुक्त गरिएको छ ।

यस्तै माओवादीबाट संखुवासभाका राजेन्द्र कार्कीले सामाजिक विकास र उदयपुरका नारायण बुर्जामगरले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

कार्की यसअघि पनि उद्धव थापा नेतृत्वको सरकारमा विना विभागीय मन्त्री थिए । मगर भने दोस्रो पटक प्रदेश सांसद निर्वाचित हुँदा पनि मन्त्री बन्नबाट बञ्चित थिए ।

यसअघि कार्कीले कार्तिक १७ गते नेकपा माओवादी केन्द्रका गणेश उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगुलाई भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेका थिए ।

गठबन्धन र कांग्रेसमा विद्रोह गर्दै नेकपा एमालेको सहयोगमा असोज २७ गते मुख्यमन्त्री बनेका केदार कार्कीले शपथ ग्रहण गर्दा दुई जनालाई मन्त्री बनाएका थिए । त्यसबेलाको सहयोगी दल एमालेका रामबहादुर राना र कांग्रेसका शमशेर राईलाई उनले मन्त्री बनाएरसँगै शपथ लिएका थिए ।

तर, पछि एमालेले सरकारमा गठबन्धन दललाई सहभागी गराएको भन्दै रानालाई राजीनामा गर्न लगाएको थियो । राई अहिले आन्तरिक मामिला तथा कानुन मन्त्री छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालय भने मुख्यमन्त्री कार्कीले आफैसँग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर