खबर पूर्वाञ्चल
कक्षा २ र ३ बिच भएको अन्तर ‘हाउस’ प्रतियोगितामा अन्वेश गिरि (कक्षा ३), आरभ तिवारी(कक्षा–३) र बेदान्त भट्टराई (कक्षा–३) रहेको मेची हाउस प्रथम भएको हो । यस्तै रायन भट्टराई (कक्षा– २), ग्रिक गादव (कक्षा–३) र साक्षी चौधरी (कक्षा–२) रहेको गण्डकी हाउस द्दित्तिय भएको छ । हर्ष कुमार झा (कक्षा–२), दिभित श्रेष्ठ (कक्षा–२) र आइशा अन्सारी (कक्षा–३)को कर्णाली टीम तृतिय भएको विद्यालयकी अतिरिक्त कृयाकलाप ईञ्चार्ज सुधा डंगोलले बताइन्।
यसैगरि कक्षा ४ र ५ बिचको प्रतियोगितामा पनि मेचि हाउस नै प्रथम भएको छ । जसमा कक्षा ५ की आरोबी भट्टराई, र आशिर्वाद बस्नेत तथा कक्षा ४ का आयू पौडेल रहेका थिए। द्धित्तिय भने कक्षा ४ का मयंक झा र शिवांशु कर्ण तथा कक्षा ५ का सीयोन गुरागाई रहेको कणाली हाउस द्धित्तिय भएको छ । कक्षा ५ का किन्जल भारद्वाज र अश्री न्यौपाने तथा जिकेश भट्टराईको टीम कोशी तृतिय भएको छ ।
विजेताहरुलाई विद्यालयले आयोजना गर्ने एक कार्यक्रमका विच पुरस्कार वितरण गरिने विद्यालयका सहप्राचार्य टीएन भण्डारीले बताए ।