युसिसिए विराटनगर क्रिकेटको अन्तिम चारमा प्रवेश

खबर पूर्वाञ्चल, २२ चैत्र २०७७, आईतवार १८:२३

विराटनगर / पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगरमा सञ्चालन भइरहेको विराटनगर २०–२० क्रिकेट प्रतियोगितामा युसिसिए विजयी हुँदै अन्तिम चारमा प्रवेश गरेको छ ।

युसिसिएले आज भएको खेलमा द टच स्टोन क्लवलाई ६८ रनले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

टस जितेर ब्याटिङ गरेको युसिसिएले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ५९ रनको योगफल खडा गरेको थियो । जस्मा सन्दिप मिश्राले ३१ रन र आवेश बस्नेतले २३ रनकोे योगदान दिए । टच स्टोनका सुभास यालवले ३ विकेट र सागर यादवले २ विकेट लिए ।

जवाफमा १ सय ६० रनको लक्ष्य पछ्याएको टच स्टोनले १५ आभेरमा सवै वकेट गुमाई ९१ रनमा सिमित भयो । जस्मा सागर यादवलेअविजित २३ सर्वाधिक रनको योगदान दिए । युसिसिएका म्यान अफ द म्याच कालिचरण यादवले ४ विकेट तथा ओमकार यादव,दिलिप शर्मा तथा अमन अलिले समान २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५