प्रदेश १ मा आज ६२३ संक्रमणमुक्त हुँदा थपिए ३५९ संक्रमित, १२ संक्रमितको मृत्यु

खबर पूर्वाञ्चल, २१ असार २०७८, सोमबार १८:०६

विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६२३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुनेमा २८४ महिला र ३३९ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६६ हजार १५८ पुगेको छ ।

प्रदेश १ मा ३५९ जना कोरोना संक्रमितथपिएका छन् । झापामा १४८, मोरङमा १३१, सुनसरीमा ४७, धनकुटामा १२, उदयपुरमा ५, इलाममा ३, पाँचथर र संखुवासभामा २–२,ताप्लेजुङ, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

झापाको मेचीनगरमा ३५, विर्तामोडमा २६, दमकमा २४, अर्जुनधारा र भद्रपुरमा१७–१७, कनकाईमा १३, शिवसताक्षीमा ५, बुद्धशान्ति, बा¥हदशी र कमलगाउँपालिकामा २–२, गौरादह, गौरीगञ्ज , हल्दिबारी, झापागाउँपालिका र स्थानीयतह नखुलेका १–१, मोरङको विराटनगरमा ५४, बेलबारीमा ४४, पथरीशनिश्चरेमा ९, बुढीगंगामा ५, लेटाङ, ग्रामथान, सुन्दरहरैचा र कटहरीमा ३–३, सुनबर्षीमा २, उर्लाबारी, केराबारी, रंगेली, धनपालथान र स्थानीयतहनखुलेका १–१, सुनसरीको धरानमा २१, इटहरीमा १६, दुहवी र स्थानीयतहनखुलेका ३–३, भोक्राहानरसिंहमा २, गढी र बराहक्षेत्रमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा ८, साँघुरीगढी, पाख्रिबास, शहिदभूमी र महालक्ष्मीमा १–१, उदयपुरको त्रियुगामा ३, चौदण्डीगढी र स्थानीयतहनखुलेका १–१, इलामको इलामनगरपालिकामा २ र सुर्योदयमा १, पाँचथरको फुङलिङ र स्थानीयतहनखुलेका १–१, संखुवासभाको चैनपुर र स्थानीयतहनखुलेका १–१, ताप्लेजुङको मिक्वाखोला, ते¥हथुमको म्याङलुङ र भोजपुरको भोजपुर नगरपालिकामा१–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७३ हजार ३९७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ९५२ पुगेको छ । प्रदेश १ माआज ९६३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १६५ महिला र १९४ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकको संख्या १२८७ पुगेको छ । जस्मा ३८४ महिला र ९०३ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा सवै भन्दा बढी सुनसरीका ६ जना संक्रमितको मृत्यु भएको छ भने झापाका ३ जनाको मृत्यु भएको छ । त्यस्तै मोरङका २ जना र इलामका १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५