AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

राजीनामा दिएका अनेरास्ववियु अध्यक्ष डा. कडरियाको कार्यकर्ताले जलाए नेमप्लेट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ भाद्र २०८२, शनिबार १७:०७
72
Shares
विराटनगर /एमाले निकट अनेरास्ववियुका नेता–कार्यकर्ताले अध्यक्ष डा. सुजन कडरियाको नेमप्लेट झिकेर जलाएका छन्।

संगठन अप्ठ्यारोमा पर्दा राजीनामा दिएर भागेको र अहिले पदमा फर्कन खोजेको भन्दै अनेरास्ववियुका नेता–कार्यकर्ताले आज उनको फोटोसमेत तोडफोड गरेका छन्।

जेन–जीको प्रदर्शनका चर्कंदै गएपछि असुरक्षा भएको भन्दै उनले भदौ २४ गते राजीनामा दिएका थिए। भदौ २३ गतेको प्रदर्शनमा प्रहरीको गोली लागि २४ जना युवा–विद्यार्थीको हताहती भएपछि पदमा बसिरहन नैतिकताले नदिएको उनको दाबी थियो।

तर भोलिपल्टै उनले आफूलाई ज्यान मार्ने धम्की आएको, कुटपिट भएको भन्दै राजीनामा फिर्ता लिन खोजेका थिए। यद्यपि उनको राजीनामा स्वीकृत भएको छैन।

तर कार्यकर्ताले भने ‘फर्केर पनि अखिलको कार्यालय नहेर्नु’ भन्दै उनलाई अस्वीकार गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर