पूर्वाञ्चल खबर
नोबेल मेडिकल कलेज विराटनगरमा ४, विराट मेडिकल कलेजमा १ र म्याक्स अस्पताल विराटनगरमा १ जनाको मृत्यु भएको हो ।
नोवेलमा उर्लाबारी– १ की ६६ वर्षीय महिला, सुनसरी ईटहरीका ४२ वर्षीय पुरूष, झापा विर्तामोडका ७५ वर्षीय वृद्ध र सुन्दरहरैचा नगरपालिका– १० की ६९ वर्षीय महिलाको मृत्यु भएको हो । उपचारको क्रममा उनीहरूको मृत्यु भएको अस्पतालका प्रवन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।
कात्तिक १२ गते भर्ना भएका विर्तामोडका वृद्धलाई सोही दिन कोरोना पोजेटिभ देखिएको हो । निमोनियाको समस्या देखिएका उनको शनिबार बिहान १२ः३० बजे मृत्यु भएको हो ।
सुन्दरहरैचा नगरपालिका – १० की ६९ वर्षीय महिलालाई १० गते कोरोना पोजेटिभ देखिएपछि नोबेलमा भर्ना भएकी थिइन् । उनको बिहान करिब ३ बजे मृत्यु भएको दाहालले बताए ।
नोबेलमा मृत्यु भएका उर्लाबारी नगरपालिका– १ की ६६ वर्षीय महिलालाई १३ गते अस्पताल भर्ना गरिएको थियो । पीसीआर जाँच गर्दा सोहि दिन कोरोना पोजेटिभ देखिएकी उनको उपचारका क्रममा विहान करिब ५ बजे मृत्यु भएको हो ।
त्यस्तै सुनसरी इटहरीका ४३ वर्षीय पुरुषको नोबेल मेडिकल कलेज अगाडी एम्बुलेन्समा नै मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि आएका पुरुषको हिजो अस्पतालमा भर्ना गर्नुअघि नै मृत्यु भएको हो ।
यसैगरी विराट मेडिकल कलेजमा विराटनगर ३ का ६५ बर्षीय पुरूषको आज विहान ८ः३० बजे मृत्यु भएको छ । उनी कात्तिक ६ गते भर्ना भएका थिए ।
विराटनगरकै म्याक्स हस्पिटलमा आजै विहान उदयपुरकी ४२ वर्षीय महिलाको मृत्युु भएको छ । हिजो साँझ अस्पताल भर्ना भएकी उनकोको उपचारको क्रममा आजबिहान करिब ७ बजे मृत्यु भएको म्याक्स हस्पिटलले जनाएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत झापाको गौरीगञ्जका ७३ वर्षीय पुरुषको आज विहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनी कात्तिक ७ गते प्रतिष्ठानको कोभिड अस्पतालमा उनी भर्ना भएको डा. श्रेष्ठले बताए ।