AArya
RUMPUM
animated ellipse animated ellipse

प्याब्सन इटहरीको पन्ध्र सदस्यीय कार्यसमिती चयन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ आश्विन २०७८, आईतवार १८:०५
378
Shares
इटहरी / नीजि तथा आवाशिय विद्यालय अर्गनाईजशन प्याब्सन इटहरी नगर समितीको अविधेशनले पुण्यप्रसाद सापकोटाको अध्यक्षमा १५ सदस्यीय कार्यसमिती चयन गरेको छ ।

इटहरीमा सम्पन्न दोस्रो नगर अधिवेशनले सापकोटाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती निर्विरोध निर्वाचित गरेको नव निर्वाचित सचिव राजेशकुमार श्रेष्ठले जानकारी दिए ।

समितीको उपाध्यक्षमा सूर्यमणी निरौला, सचिवमा राजेशकुमार श्रेष्ठ, सहसचिवमा सौधन राई र रिता भुषाल निर्वाचित भएका छन् । यस्तै कोषध्यक्षमा हेमन्त भट्टराई, सहकोषध्यक्षमा राजेन्द्र श्रेष्ठ, निर्वाचित भएका छन् । समितीको सदस्यहरुमा शिवनारायण चौधरी, प्रदिप विष्ट, रामकुमार गिरी, अस्मिना राउत, भिक्टर पौडेल, लक्ष्मी लिम्बु, राजन दाहाल र श्याम माझी निर्वाचित भएका छन् ।

नव निर्वाचित कार्यसमितीका पदाधिकारीको पदस्थापना यसै साता गरिने सचिव श्रेष्ठले जानकारी दिए । प्याब्सन इटहरी नगरसमितीमा १ सय बढी विद्यालय आबद्ध रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर