RUMPUM
animated ellipse animated ellipse

एयर गन सहित ४ जना झापाबाट पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ माघ २०७९, मंगलवार १२:४९
99
Shares
झापा / झापाको मेचीनगर नगरपालिका ६ स्थितबाट हतियार (एयर गन) सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत वेस्टबंगाल सिलिगुडी प्रधाननगरका २० बर्षीय ओम साह, २५ बर्षीय सिद्धार्थ मगर, २० बर्षीय मोहम्बद सुल्तान सुसेन र २० बर्षीय बिटु सरकार रहेका छन ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा संकास्पद अवस्थामा भारतबाट नेपालतर्फ आउदै गरेका उनीहरुको साथबाट एयर गन २ थान, एयर पेस्तोल १ थान र एयर गनमा प्रयोग हुने छर्रा गोली १७० पिस बरामद गरेको हो । उक्त हतियार र गोलीसहित पक्राउ परेका चारै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर