animated ellipse animated ellipse

राष्ट्रिय सभा सदस्यमा सत्ता गठबन्धनकी उम्मेदवार कार्कीलाई हराउँदै कोशीमा एमालेकी कोइराला निर्वाचित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ माघ २०८०, बिहीबार १७:५२
126
Shares
विराटनगर /सत्ता गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीलाई हराउँदै कोशी प्रदेशमा नेकपा एमालेकी रुक्मिणी कोइराला राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी छिन् ।

उनले ५ हजार ८६ मत प्राप्त गरेकी छिन्। उनको प्रतिस्पर्धी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी पाएकी छिन्।

कार्की माओवादी केन्द्रबाट गठबन्धनको उम्मेदवार भएकी थिइन्। कोइरालालाई सत्ता गठबन्धनका तीन सांसदले मतदान गरेको खुलेको छ । कोइरालालाई ४९ जना सांसदले मत दिएको खुलेको हो ।

कोशीमा एमाले र राप्रपाको गठबन्धन छ । प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् । तर, उनले आफ्नो गठबन्धनभन्दा बाहिरको मत ल्याएकी हुन् ।

कोइरालालाई ४९ जनाले मत दिँदा सत्ता गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीलाई ४४ जना सांसदले मत दिएका छन् । कोशीमा सत्ता गठबन्धनका ४७ सांसद छन् ।

यस्तै स्थानीयतर्फका १६ जनाले फ्लोर क्रस गरेका छन् । स्थानीयत तहका १३१ जनाले मत हालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर