पूर्वाञ्चल खबर
विराटनगरको शहीद रंगशालामा रातिको समयमा आयोजना हुने प्रतियोगिताका लागि आयोजक विराट गोल्डकप ट्रस्टले आफ्नै लगानीमा मैदान मर्मतको कामलाई तीव्रता दिएको हो । चैतको पहिलो सातासम्म मैदान तयार पार्ने गरि काम तीव्र गतिमा भइरहको गोल्डकप आयोजकका सिईओ सुवासिष कोइरालाले जानकारी दिए । ‘मैदानमा अहिले नियमितरुपमा ४ सातादेखि काम भइरहेको छ, विगतको तुलनामा अहिले मैदान हरियाली भएको छ भने प्यारापिट मर्मतको काम पनि अन्तिम चरणमा पुगेको छ ।’ सिईओ कोइरालाले बताए ।
नेपाली र विदेशी टिमको सहभागीतामा हुने प्रतियोगिताको पुरस्कार राशी पनि बढाउने र प्रतियोगिता सम्पन्न गर्नका लागि झण्डै २ करोड ५० लाख खर्च लाग्ने भएकाले स्पोन्सर खोज्नेदेखि टिकट विक्रीसम्मका योजनाहरु बनाएर अघि बढाएको सिईओ कोइरालाले बताए ।