AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ स्वास्थ्य मन्त्री यादवलाई मंगलबारेमा युवाले देखाए कालो झन्डा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ श्रावण २०७९, आईतवार १६:००
351
Shares
र्लाबारी /प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवलाई मंगलबारेमा कालो झन्डा देखाएको छ ।

उर्लाबारी—३ मंगलबारे स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको नयाँ ओपिडी भवन उद्घाटन गर्न पुगेका स्वास्थ्य मन्त्री यादवलाई मंगलवारे युवा क्लबका अध्यक्ष पिपलराज गिरीको नेतृत्वमा आएको टोलीले आज कालो झन्डा देखाएको हो ।

क्लबले नयाँ ओपिडी भवन निर्माणमा अनियमितता भएको भन्दै निर्माणको आम्दानी खर्च सार्वजनिक गर्न माग राख्दै आएको थियो ।कालो झन्डा देखाउने गिरिसँगै क्लबका महासचिव रेशु कटुवाल ,सदस्यहरू शेखर खड्का ,प्रदीप दाहाल र प्रतीक पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसअघि पनि मंगलबारे युवा क्लबले भवन खर्च विवरण माग राख्दै अस्पताल प्रशासनलाई ज्ञापन पत्र समेत बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर