खबर पूर्वाञ्चल
उद्योग र पर्यटनमा लगानी गरेर युवाहरुलाई रोक्न नसके देश अझ पछि पर्दै जाने उनले बताए । उनले छिमेकी मुलुक भारत र चीनबाट हिन्दु र बौद्धधर्मावलम्बीहरुलाई ल्याउन सके देशको मुहार फेरिने बताए।
भारतीय पर्यटकलाई नेपालमा सहज वातावरण बनाउन आवश्यक रहेकोमा मुख्यमन्त्री सिंहले जोड दिए । संघीय सरकारले नीति बनाउँदा पनि ध्यान दिन आवश्यक रहेको भन्दै भारतीय पर्यटकले नेपाल आउँदा ल्याउन पाउने रकमको सीमा बढाउन पर्ने उनले बताए।
मुख्यमन्त्री सिंहले अहिले देशभरी नै लगानीको वातावरण बनिरहेको र स्कोप समेत रहेको भन्दै यसबाट राम्रो प्रतिफल प्राप्त हुने बताए। नेपालको प्राकृतिक सौन्दर्यताको र धार्मिक क्षेत्रको ब्राण्डिङ गर्न आवश्यक रहेको उनले बताए।
नेपालमा सस्तो श्रमिक भएको र उद्योगहरुका लागि समेत राम्रो वातावरण भएको कारण नेपालमा उद्योगहरु खुल्न सक्ने सम्भावना प्रचुर रहेको मुख्यमन्त्री सिंह बताए । कतिपय अवस्थामा कानुनी अभावमा पनि उद्योगहरु खुल्न नसकिरहेको बताए।