animated ellipse animated ellipse

मोरङमा खुकुलो प्रावधानसहित निषेधाज्ञा असार १४ गतेसम्म थपियो,सवै पसल खुल्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ असार २०७८, सोमबार १५:४१
4.81k
Shares
विराटनगर / जिल्ला प्रशासन कार्यालय मोरङले खुकुलो प्रावधानसहित निषेधाज्ञाको समय थप गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कोष हरि निरौलाको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले मोरङमा छैटौं पटक निषेधाज्ञा अवधि थप गरेको हो । थपिएको निषेधाज्ञा अवधि मंगलबार विहानदेखि असार १४ गतेसम्मका लागि विराटनगरसहित जिल्ला भरी निषेधाज्ञा लागु गरिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार निषेधाज्ञा थप गरिएपनि दिउँसो १२ बजेसम्म सबै पसल खुला गर्न दिने निर्णय भएको छ ।

यसअघि अतिआवश्यक पसल र पुस्तक पसल विहान ११ बजेसम्मका लागि खुला गर्ने निर्णय गरेको थियो । कोरोना सङ्क्रमण दर घट्दै गएकाले सबै खालका पसल सतर्कतासहित दिउँसो १२ बजेसम्मका लागि खुला गर्न दिने निर्णय भएको उनले बताए ।

थपिएको निषेधाज्ञा अवधिमा अत्यावश्यक वस्तुको विक्री गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विहान ५ बजदेखि अपरान्ह १२ बजेसम्म खोल्न सकिने व्यवस्था गरिएको छ ।

त्यसैगरी अत्यावश्यक खाद्यवस्तु, पशु आहार, दाना ओसार पसार तथा विक्री गर्न, दुध तथा दुधजन्य पदार्थको विक्री गर्ने डेरी विहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइने जनाइएको छ ।

कोभिड–१९ महामारीको दोस्रो लहर सुरु भएपछि मोरङ प्रशासनले पहिलो पटक वैशाख १८ गते राति १२ बजेदेखि निषेधाज्ञा लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर