खबर पूर्वाञ्चल
नेपाल पत्रकार महासंघ मोरङ शाखाका कार्य समितिका नवनिर्वाचित पदाधिकारीहरुको प्रमाणपत्र वितरण तथा पदहस्तान्तरण समारोहलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री कार्की सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले पत्रकारहरुको सामुहिक हक, हित र अधिकारको रक्षा गर्ने संस्था नेपाल पत्रकार महासंघको निर्वाचन खर्चिलो बत्र नहुने भन्दै सहमति, सहकार्य र एकताबाट असल नेतृत्व छात्रु एकदमै उचित हुने बताए । उनले विकास र समृद्धिको यात्रालाई पूरा गर्न पत्रकारित क्षेत्र सत्य एवं तथ्यमा आधारिकत हुनु पर्छ भन्दै संविधानको सर्वोच्चता, मानअकिार, लोकतन्त्रका निम्ति नेपाली पत्रकारित एकजुट भएर लाग्नु पर्ने बताए ।
मुख्यमन्त्री कार्कीले आगामी हिउँदे अधिवेशनमा सञ्चार प्रतिष्ठान विधेयक ल्याउने तयारीसँगै सरकारले थप विधेयक सदनमा ल्याउने जानकारी दिँदै पत्रकारहरुको वृति विकासका लागि लेखन, अनुसन्धान र खोजमूलक सामग्रीमा लगानी गर्ने जानकारी दिनुभयो । मुख्यमन्त्री कार्कीले विधि र प्रक्रिया मिचेर प्रदेश सरकार कुनै पनि काम नगर्ने भन्दै प्रदेश सरकार आफै लगानी सम्मेलन गर्ने तयारी गरिरहेको बताउँदै लगानी सम्मेलनबाट कृषि, पर्यटन र उर्जाका क्षेत्रमा रु ५० औँ अर्ब भित्रिने अनुमान गरिएको कुरामा जोड दिए ।
मुख्यमन्त्री कार्कीले भने, ‘ प्रदेश सरकारले लागानी सम्मेलन पछि, पर्यटन वर्ष र अन्तर्राष्ट्रिय चिया सम्मेलन भव्यताका साथ सम्पत्र गर्न आवश्यका विधिकासाथ तयारी गरिरहेको छ ।’ कोशी प्रदेश सरकारले केही वर्ष पहिले नै पत्रकार उपचार कोषमा १० लाख जम्मा गरिसकेको जानकारी दिँदै चालु आर्थिक वर्षमा प्रदेशमा १७ दशमलव पाँच प्रतिशत आन्तरिक आय वृद्धि भएको मुख्यमन्त्री कार्कीले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ मोरङ शाखाका कार्यवाहक अध्यक्ष मोहन भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा महासंघका महासंघका कोशी प्रदेशका संस्थापक अध्यक्ष एवं मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लीलावल्लभ घिमिरे, पत्रकार महासंघ मोरङ शाखाका पूर्व अध्यक्षहरु मोहन भण्डारी, यज्ञ शर्मा
,नेपाल पत्रकार महासंघक केन्द्रीय सदस्य सदस्य शंकर खरेल, नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष सुशिला पाठक, पत्रकार नवराज कट्टेलले शुभकामना दिए ।