युनाइटेड भेट्रान्स सिमफाइनलमा

खबर पूर्वाञ्चल, २३ आश्विन २०७८, शनिबार १८:१२

विराटनगर / विराटनगर जुटमिलको खेलमैदानमा जारी नगर स्तरिय मिल्स भेट्रान फुटबल प्रतियोगितामा युनाइटेड भेट्रान्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो खेलमा सिद्रा भेट्रान्स क्लबलाई ४ – १ गोलले हराउँदै युनाइटेड भेट्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो ।

जितको लागि युनाइटेडका चन्द्र तामाङ र निराजन बस्नेतले २/२ गोल गरेका थिए । सिद्राको तर्फबाट प्रदिपकुमार चौधरी सान्तवना गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच युनाइटेडका चन्द्र तामाङ्ग घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५