खबर पूर्वाञ्चल
मुख्यमन्त्री कार्कीले निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन्। साथै घाइतेहरूको घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि मुख्यमन्त्री कार्कीले गरेका छन्।
आज विहान ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिर जाने क्रममा बिजुलीको तार झरेर गाडीमा आगोलागि हुँदा चारजनाको निधन भएको थियो। मुख्यमन्त्री कार्कीले घटनामा घाइते भएकाहरूको थप उपचारको लागि काठमाण्डौ लैजाने प्रयत्न भइरहेको जानकारी समेत दिए। उनले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न प्रहरी प्रशासनलाई निर्देशन समेत दिए।